लहड र रहरले क्रान्ति हुँदैन, कम्युनिष्टको एउटै केन्द्र बन्नु जरुरी : प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले सबै कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन आव्हान गरेका छन्।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित ‘२३ औं जनयुद्द दिवस’को अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धि र समाजवादको निर्माण गर्ने असाधारण ऐतिहासिक अवसर रहेको बताउँदै सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा समाहित हुन आव्हान गरेका हुन्।

‘अहिले समृद्धि र समाजवादको आधार तयार गर्ने ऐतिहासिक असाधारण अवसर हाम्रा सामु छ,’ अध्यक्षले भने, ‘लहड र रहरले क्रान्ति हुन्न, त्यसो हुने भए हामीले २०४६ साल अघि नै जनयुद्द शुरु गरिसक्थ्यौं, त्यसैले वैद्य, विप्लवलगायत सबै कम्युनिष्टहरुलाई इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आव्हान गर्दछु।’

सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजवाद स्थापना हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विप्लव जी, वैद्य जीहरुले द्वन्द्वात्मक भौतिकवादलाई यथार्थमा बुझ्न विशेष अपील गर्दछु।’

समाजवादका लागि झन ठूलो जनताको साथ र शक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो शक्ति सञ्चय गरेर अघि बढन नेपालका सबै कम्युनिष्टहरु एक बन्नु जरुरी छ। अहिलेको ऐतिहासिक बस्तुगत अवस्था यही हो।’

प्रतिक्रिया दिनुहोस
Advertisement