पूरै जीवन मुलुकको समृद्धिमा समर्पित गर्ने नेकपा अध्यक्ष प्रचण्डको संकल्प


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जीवन मुलुकको विकास र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरेका छन्।

शनिबार प्याब्सनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा  पूर्वप्रधानमन्त्री प्रचण्डले अब मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प व्यक्त गरेका हुन्।

निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना सरकारको रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा बिताएको छु। बाँकी जीवन पनि मुलुकको विकास र समृद्धिका निम्ति रहनेछ।’

आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको स्मरण गर्दै प्रचण्डले मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा आवश्यक लगानी भित्रयाउने व्यवस्थासहित संविधान जारी गरिएको दावी पनि गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement