कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रचण्डको माग

कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रचण्डको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा आफू निकट नेतालाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णय बदर गर्दै केसीलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।

‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौं’, उनले भनेका छन् ।

अध्यक्ष प्रचण्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आव्हान, मुख्यमन्त्रीको राजीनामा, अल्पमतमा रहेका पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्ति र ४२ जना प्रदेश सभा सदस्यहरुको बहुमत हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष सपथ ग्रहण रोकी नियुक्ति बदरको निम्ति भइरहेको संघर्षप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।