नेपालले एकदिवसीय सिरिज जितेपछि प्रचण्डले भने- खेलाडीकाे प्रोत्साहनमा सिंगो राज्य समर्पित हुनेछ


काठमाडाैं–नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकदिवसीय सिरिज जितेर इतिहास  रचेको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।

नेपालले साेमबार यूएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत हासिल गरेपछि अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवम् बधाई ज्ञापन गर्दछु ।’

प्रचण्डले कप्तान पारस खड्काको प्रदर्शन र कप्तानीको समेत प्रशंसा गरे। प्रचण्डले भनेेका छन् , ‘एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकोमा र शनिवारको खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकोमा दुबै खेलाडीलाई बधाई दिँदै आगामि दिन अझै राम्रो प्रदर्शनको लागि उत्तरोत्तर प्रगतिको कामना गर्दछु । खेलाडीहरु राष्ट्रका गहना मात्र नभएर अमूल्य नीधि हुन् । उनीहरुको उचित सम्मान र प्रोत्साहनमा सिंगो राज्य समर्पित हुनेछ भन्ने विश्वास दिलाउन चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement