सिरिज विजेता क्रिकेट टीमलाई प्रचण्डको बधाई


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन्।

युएइमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा नेपालले युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै प्रचण्डले बधाई दिएका हुन्।

प्रचण्डले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको उल्लेख गरेका छन्।

उनले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement