खेलकुद ब्रेकिंग न्युज

इतिहास रचेको क्रिकेट टोली प्रचण्ड निवासमा

ललितपुर– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन्।

dish home

ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टोलीका खेलाडीलाई बधाई दिए। प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने उनले बताए। आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत उनले बताए।। अध्यक्षलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुुगेका थिए।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top