प्रचण्डले सांसदहरूलार्इ भने ‘जनताको मालिक होइन, सेवक बन्ने संकल्प आवश्यक छ


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सांसदहरुले जनताको सेवक बन्ने संकल्प बोक्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा एमाल) र माओवादी केन्द्रका सांसदहरुका लागि आयोजित संयुक्त प्रशिक्षण  कार्यक्रममा बोल्दै प्रचण्डले हिजोका तीतो अनुभवलाई बदल्दै जनताको मालिक होइन, सेवक बन्ने अठोट लिनुपर्ने बताएका हुन् ।

नयाँ युगतिर नयाँ ऐतिहासिक कदम अगाडि बढेको बताउदैँ उनले विगतका राम्रा नराम्रा अनुभवको विश्लेषण गरेर राम्रालाई आत्मसात गर्ने र नराम्राबाट शिक्षा लिएर अघि बढ्न सांसदहरूलार्इ निर्देशन दिए । सामन्तवादलाई अन्त्य गरेर लोकतन्त्रको युगमा प्रवेश गरेपछि अब समाजवादको यात्रामा अघि बढेको छ, प्रचण्डल भने ‘विगतको जस्तै प्रवृतिले नेपाली जनताको चाहना पुरा हुन नसक्नेमा उनको जोड रहेको थियो’ ।

बस्तुगत आत्मगत दुबै दृष्टिले एक ठाउँमा आएर पार्टी एकता भएको उनले बताए । अब कार्यदलको प्रतिवेदनपछि छिट्टै पार्टी एकता गनउनको भनाई रहेको छ । जनताले सुशासन, समृद्धि र विकासका लागि स्थायित्व खोजेका छन भदै प्रचण्डले भने निर्वाचनमार्फत जनताले दिएको जनादेशलाई कदर गरेर समाजवादको आधार तयार गर्ने महाअभियानमा इमान्दारितासाथ लाग्न सांसदहरुलाई निर्देशन समेत दिए ।

“हाम्रो साझा लक्ष भनेको देशलाई समृद्धिको बाटोबाट समाजवादको निर्माण गर्ने हो । यसका लागि आर्थिक समृद्धि र विकास जरुरी छ । सुशासन र समृद्धि यतिखेरको टडकारो काम भएकोले राजनीतिक अराजकताले पैदा गरेको फोहोर सफा गर्नुपर्दछ । यसका लागि गहिरो संकल्प र दृढताका साथ नयाँ ढंगले अघि बढनु जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस
Advertisement