सरकार देशलाई नयाँ युगमा प्रवेश गराउने दिशामा : प्रचण्ड


रौतहट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट सरकारका बारेमा तराई–मधेश विरोधीको भ्रम फैलाउने प्रयास भइरहेको प्रति सजग रहन आम जनसमुदायलाई आग्रह गरेका छन्।

नेकपाद्वारा शनिबार रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा उनले भने, ‘अब सरकार र नेकपाले देशलाई नयाँ युगमा प्रवेश गराउने दिशा लिएको छ। युगान्तकारी परिवर्तनको वातावरण बनेको छ ।’

दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध थप विस्तार भएसँगै विकास निर्माण कार्यले पनि तीव्रता पाएको बताउँदै प्रचण्डले तराई मधेशका जनतालाई मुक्ति अनुभूति गराउने कार्य सरकारले गरिरहेको बताए।

प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको समेत उनले बताए। प्रचण्डले आफ्नो दल प्रदेश नं २ को सरकारलाई उदारतापूर्वक काम गर्न दिने पक्षमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement