शिक्षा व्यवसायिक, प्राविधिक र जनतासँग प्रत्यक्ष जोडिने हुनुपर्छः प्रचण्ड


काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शिक्षा प्रणाली व्यवसायिक, प्राविधिक र जनतासंग प्रत्यक्ष जोडिने हुनपर्ने बताएका छन्। खाद्य सम्प्रभुता किसान अधिकार सम्बन्धि प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

किसानलाई हेर्ने दृष्टिकोणको सुधार पनि शिक्षाबाट नै हुनपर्ने उनको भनाइ थियो।

‘शिक्षा नीति राज्यले कसरी विकास गर्छ भन्ने कुराले कृषि वा कृषकको भविष्य कस्तो हुने भन्ने कुराको निर्धारण गर्छ, ’ उनले भने।

अनुसन्धानबिना विज्ञान प्रविधिलाई कुनै पनि देश वा हाम्रो देशमा प्रयोग गर्न नसकिने भन्दै हाम्रो देशमा फितलो अनुसन्धान हुनेगरेको उनले बताए।

अध्यक्ष प्रचण्डले अबका आगामी दिनमा राम्रा काम गर्ने र पार्टी एकतालाई अन्तिम रुप दिने बताए। उनले पार्टी एकता र सरकारको कामको प्रभावकारीतालाई अझै बलियो बनाउने गरी लागेको बताए। उनले खाद्य सम्प्रभुता किसान अधिकार सम्बन्धि प्रथम अन्तर्राष्टिय सम्मेलनलाई गम्भीर रुपमा लिनपर्ने र उनले आफ्नो तर्फबाट सफल बनाउन सक्दो सहयोग गर्ने बाचा समेत गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement