साफ महिला फुटबलको उद्घाटन गर्दै प्रचण्डले भने- गाउँस्तरबाटै खेलकुदको विकास आवश्यक


विराटनगर– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन्।

विराटनगरस्थित शहिद रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको माध्यमबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको नयाँ सन्देश दिएको बताए।

संवेदनशिल समाज निर्माणमा खेलकुदको पनि भूमिका रहने भएकाले खेलकुदको विकासका लागि सरकार लागिपर्ने अध्यक्ष प्रचण्डले बताए। परिणाममुखि खेलकुदका लागि विद्यालय र गाउँस्तरबाट नै खेलकुदको विकास गरिनुपर्नेमा उनको जोड छ।

प्रचण्डले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको छ भने। उनले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका रहेको बताए । अध्यक्ष प्रचण्डले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिए । अध्यक्षले सांस्कृतिक क्षेत्र र खेलकूदको क्षेत्र अफ्नो अभिरूचीको क्षेत्र भएको बताए।

नेपाल विजयी
मंगलबारको उद्घाटन खेलमा नेपालले भूटानलाई शून्यका विरुद्ध ३ गोलले पराजित ग-यो ।

खेल शुरु भएको १३ औँ मिनेटमा नेपालका जर्सी नम्बर १८ की मिड फिल्डर मैनालीकुमारी योञ्जनले गोल गरेर खाता खोलेको केही मिनेटपछि फरवार्ड सावित्रा भण्डारीले अर्को गोल गरेकी थिइन् । मध्यान्तरपछिको शुरु मै निज थापाले तेस्रो गोल गरेकी थिइन् । बुधबारको खेल भारत र माल्दिभ्सबीच हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement