सर्वोच्चमा प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता, माओवादी नेताहरु तनावमा


काठमाण्डु- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो।

गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको शुक्रबारको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश जारी गरेको थियो ।

जसअनुसार ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको हो । २०७६ माघ १ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा मानिएका पाँच हजारको जिम्मेवारी लिने बताएका थिए।

५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रचण्डमाथि ज्ञानेन्द्रराज आरण लगायतले रटि दायर गरेका हुन् । उनीहरुले प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान हुनुपर्ने माग राखेका छन् । यता प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता भएपछि माओवादी नेताहरु भने तनावमा छन् । पछिल्लो समय अध्यक्ष प्रचण्डले आफूविरुद्धको रिटबारे सत्ता गठबन्धन र माओवादी घटकहरुसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement