मंगलबारदेखि प्रधानमन्त्री प्रचण्ड भागबण्डा मिलाउनतर्फ लाग्ने


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन मंगलबारदेखि छलफल सुरु गर्ने भएका छन् ।

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले मंगलबारदेखि सरकारलाई पूर्णता दिन सत्ता गठबन्धन दलहरुसँग छलफल थाल्ने बताएका हुन् ।

‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २-४ दिन भित्रमै सबै टुंग्याउने र काम गर्ने विचार छ ।’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्र भागबण्डामा कुनै मनमुटाव नहुने पनि बताए । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डले १७२ मतसहित प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । नेकपा एमाले र राप्रपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement