प्रधानमन्त्री प्रचण्डले पाएनन् दलहरुबाट मन्त्रीको सूची


काठमाण्डु- सत्ता गठबन्धनमा आवद्ध दलहरुले प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नाम बुझाएका छैनन् ।

सत्ता साझेदार दलहरुले आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउन नसक्दा आज पनि मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

मन्त्रालय भागबण्डामा सत्ता गठबन्धनमा सहमति जुटिसकेकाले आज मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डले बताएका थिए । तर, प्रधानमन्त्रीले मन्त्रीहरुको सूची नपाउँदा सरकार विस्ता नहुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि मन्त्रीको शपथका लागि कुनै तयारी तयारी भएको छैन। सामान्यतया ६ घण्टा अगाडि नै शपथको तयारीबारे जानकारी गराउनुपर्ने भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शीतलनिवासमा अहिलेसम्म कुनै जानकारी गराएको छैन। त्यसकारण आज मन्त्रिपरिषद् विस्तार नहुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement