आफ्नै निवासमा प्रचण्डसँग भएको भेटवार्तापछि लेखराजले भने- पुरानो घरमा फर्किने सम्भावना छैन


काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् ।

आइतबार प्रधानमन्त्री प्रचण्ड कैलालीको गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगे । भट्टलाई फकाउने उदेश्यसहित उनको निवास छिरेका प्रचण्डले राजनीतिकसहितका विषयमा कुराकानी गरेका हुन् ।

भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले त्यहा पुगेको बताए । आफ्नै घर सम्झेर भट्टको निवास पुगेको प्रचण्डको भनाइ छ । प्रचण्डको भट्ट निवासमा भएको आगमनलाई लिएर उनलाई पुरानै घर (माओवादी केन्द्र) फर्काउने सम्भावनाका विषयमा पत्रकारले सोधेको प्रश्नमा भने भट्टले त्यो विषयलाई अस्वीकार गरेका छन् । उनले माओवादी केन्द्रमा फर्किने सम्भावना नभएको बताए ।

‘पुरानै घरमा फर्काउने अलग विषय हो। त्यसमा अहिले कुनै छलफल भएन। त्यो अहिले सम्भावना छैन’, भट्टले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement