प्रचण्ड र माकुनेका कार्यकर्ताले आक्रमणको प्रयास गरेः अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको आक्रमण्मा प्रचण्ड–माधवका कार्यकर्ताको संलग्नता रहेको बताएका छन् ।

एमाले इलाम जिल्ला अधिवेशनको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले आफू र प्रहरीमाथिको आक्रमणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्ताहरुको घुसपेठ रहेको बताएका हुन् ।

‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् रु प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्यूटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ? जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको रु यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौ भन्दै । घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो ।’, ओलीले भने ।

बुधबार झापाको भद्रपुर विमानस्थलबाट बुधबारे जानेक्रममा उनीमाथि पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका थिए । प्रहरीले आक्रमणको प्रयासमा संलग्न रहेको भन्दै मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको थियो । आक्रमणमा परी दुई प्रहरी घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement