‘प्रधानमन्त्री प्रचण्डले सुशासनको गफ दिएर भ्रष्ट्राचारीलाई उन्मुक्ति दिन्छन्’


काठमाण्डु- नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समय बोल्दै उनले सुन तस्करी प्रकरणमा जोडिएका प्रधानमन्त्री निकटका व्यक्तिहरुलाई सामान्य सोधपुछसमेत नगरिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सुशासनको गफ दिने गरेको उनको भनाइ छ । ‘अहिले सीआईबीलाई निकम्मा बनाउने काम भयो । सत्ता पक्षका नेता देखिएपछि सीआईबीले अनुसन्धानसमेत गर्न सकिरहेको छैन ।’, उनले भने ।

गिरीले भ्रष्टाचारका नाइके, राजनीतिक दलको उपल्लो तहका नेतालाई छानबिनको दायरामा नै नल्याई उन्मुक्ति दिने गरिएको दाबी गरे । त्यस्तै ललितानिवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकालाई ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा मुद्दा नचलाई सरकारी कागजात किर्तेको कसुरमा मात्र मुद्दा चलाएकामा पनि उनले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement