पार्टी एकताकाे बाँकी काम सकिन्छ, आशंका गर्ने ठाउँ छैन : प्रचण्ड


काठमाडौँ— सत्तासिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतामा कुनै समस्या आइहाल्छ कि भनेर आशंका नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूरा गर्ने गरी आवश्यक तयारी भइरहेको बताए। पार्टीलाई एकताबद्ध बनाएर, देश र जनताको आवश्यतालाई पूरा गर्ने गरी काम भइरहेको तथा कमी कमजोरी भएको विषयमा सुधार गर्ने उनको भनाइ थियो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नाका क्षेत्रमा जाँच गर्ने यन्त्र, दक्ष जनशक्तिसहित सरकारले व्यवस्था गर्नुपर्ने बताए। ‘कसैको दबाबसामु झुक्नुपर्ने जरुरी छैन, हामी विश्वस्त हुनुपर्छ । विषादी मिसिएका वस्तु नेपाली जनताले उपभोग गर्दैनन् भन्ने बुझनुपर्छ,’ नेता नेपालले भने । उनले हतारमा निणर्य गरेर फिर्ता लिनुभन्दा सोचविचार गरेर मात्र निणर्य गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement