भूकम्प प्रभावितलाई भेटेर प्रचण्डको आश्वासन : सरकारले घर बनाइदिन्छ


बझाङ – बझाङको भूकम्प प्रभावित क्षेत्रमा अवलोकन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई घर बनाइदिने आश्वासन दिएका छन् ।

आज शुक्रबार बझाङ सदरमुकाम चैनपुर नजिकै सैनिक ब्यारेकमा नेपाली सेनाको हेलिकोप्टरमार्फत अवतरण गरेका प्रधानमन्त्री प्रचण्डले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने आश्वासन दिए । भूकम्प प्रभावित बलबहादुर सुनारले प्रधानमन्त्री प्रचण्डले घर बनाइदिने आश्वासन दिएको जानकारी दिए ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement