प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको विशेष बैठक, यस्तो छ कारण


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को विशेष बैठक बेलाएका छन् । सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने गरि बैठक बोलाइएको हो ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न विशेष बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बताएका छन् । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement