प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद् सचिवालयमा पत्राचार गरेका छन् ।

कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको बेलामा दाहालले २८ असारमा विश्वासको मत लिन संसद् सचिवालयमा पत्राचार गरेका हुन् ।

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । सरकार गठन र संविधान संशोधनलगायत मुद्दामा एमाले र कांग्रेसबीच ७ बुँदे सहमति भएको नेताहरू बताउँछन् ।