२०८४ मा पहिलो पार्टी बनाउने गरी माधव नेपाल र विप्लवसँग एकता गर्छौं : प्रचण्ड

२०८४ मा पहिलो पार्टी बनाउने गरी माधव नेपाल र विप्लवसँग एकता गर्छौं : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताबारे छलफल चलिरहेको बताएका छन्।

मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाालले समाजवादी मोर्चामा रहेका नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन्।

उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरी ध्रुविकरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर गरे। समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको उनले दाबी गरे ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। माओवादीमा प्रवेश गरेका नेताहरूलाई उचित जिम्मेवारी दिइने पनि दाहालले बताए।

उनले यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामी सबैलाई यो पार्टीमा एकताबद्ध गराएर आउने दिनमा माओवादीलाई देशको पहिलो बनाउने बनाउने, जसरी ०६४ को निर्वाचनमा एक नम्बरको बनेको थियो, त्यो बच्न सकेन, फेरि एक नम्बरको पार्टी बनाउने, जनताले खोजेजस्तो सुशासन, समृद्धि, सामाजिक न्याय दिने र समाजवादको यात्रा तय गर्ने भनेर लागेका छौँ।’