भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी

भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै उनले यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने छिट्टै सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए ।

ललितपुरको बालकुमारी चौरमा ‘श्रम र उत्पादनमा वाइसीएल अभियान’को औपचारिक उद्घाटनपछि उनले सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरहे बाध्य भएर सडकबाटै आन्दोलन गरेर हटाउनु पर्नेसमेत बताए । ‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामीले बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ,’ उनले भने ।

कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्नेजस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग सहकार्य गरेका थिए ।

वाइसीएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको छ ।