काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन्।
नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गरे। कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्ल्प गर्नुपर्ने समय आएको उनको भनाइ छ ।
देशको स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्न, म्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको संयोजक दाहालको जिकिर छ।
संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखापरेको र त्यसकाविरुद्धमा एक पटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको पनि बताए ।




प्रतिक्रिया