प्रचण्डको चेतावनी-बिनाकारण विशिष्ट व्यक्ति पक्राउ परिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

प्रचण्डको चेतावनी-बिनाकारण विशिष्ट व्यक्ति पक्राउ परिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

सञ्चारकर्मीसँग संघीय संसद भवन सिंहदरबारमा सोमबार कुरा गर्दै संयोजक प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने चेतावनी दिए ।

यस्ता घटना नदोहोर्‍याउन उनले सरकारलाई आग्रह गरे । ‘सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र हो’, उनले भने, ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने होइन र ।’

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया उनले दिए ।

यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी नरहेको भन्दै उनले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने टिप्पणी गरे ।