प्रचण्ड सुन्दर नेपालको सुन्दर दिमाग भएको नेताः राष्ट्रपति हमिद


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमात्कारको अनुभूति भएको बताए । यस्तो अवसर राजनीतिमा नेताहरूले विरलै पाउने उनको भनाई थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो धोको रहेको बताए ।

नेपाल बंगलादेशका ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उच्च प्रशंसा गरे । यस्तै राष्ट्रपतिले आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको धारणा व्यक्त गरे ।

नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता व्यक्त गरे ।

यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयाँ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement