बेलायती राज्यमन्त्रीको दौडधुपः एकै दिन भेटे देउवा, ओली र प्रचण्डलाई


काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायतका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्यानकास्टरले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्।

एक सातादेखि नेपाल भ्रमणमा रहेका ल्यानकास्टरले मंगलबार मात्र प्रमुख तीन राजनीतिक दलका अध्यक्षहरुसँग भेटवार्ता गरेका छन्।

मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

भेटवार्तामा कूटनीतिक सम्बन्ध र पारस्परिक हितका बारेमा छलफल भएको बताइएको छ।

भेटबारे प्रचण्डको सचिवालयले भनेको छ, ‘मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखे।’

भेटमा प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताएका थिए। मार्कले सोमबार मात्र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गरेका थिए।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री भीसेनदास प्रधानसँग यसअघि ने भेट गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement