प्रचण्डले संसदमा भने ‘भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने हो ?’

प्रचण्डले संसदमा भने ‘भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने हो ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्य संयन्त्र भ्रष्टाचारले भएको बताएका छन् । संसद बैठकमा संबोधन गर्दै प्रचण्डले भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म मुलुक अघि बढ्न नसक्ने बताएका हुन्।

सुशासन हामी आफैं भित्रबाट खोज्नुपर्छ, हाम्रो राज्य संरचनाको काम गर्ने प्रवृत्ति बिग्रेको छ’ उनले भने ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार ब्याप्त छ । भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने हो ?’ प्रचण्डले नेपालमा भारत परस्त र चीन परस्त भन्ने युग पनि सकिएको दावी गरे ।

उनले भने ‘अब न चीन परस्त, न भारत परस्त हामी सबै नेपाल परस्त, हामी अन्तर्रा्ष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध राखेर देशको विकास गर्न चाहन्छौं ।’ उनले नेपाललाई विकासको युगतिर अगाडि बढाएर विदेश गएका लाखौं नेपालीलाई स्वदेश फर्काउने पनि दावी गरे ।