प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणः एसएसपी थापाको नेतृत्वमा छानबिन समिति गठन


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार प्रकरणको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा सोमबार महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

आइतबार तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभालाई सम्बोधन गर्न राष्ट्रिसभा गृहमा आयोजित कार्यक्रममा पुगेका प्रचण्डमाथि रतन तिरुवाले राष्ट्रिय सभागृहमा मञ्चमै जुत्ता प्रहार गरेका थिए । तर तिरुवाले हानेको जुत्ताले भने प्रचण्डलाई लागेन ।

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता हान्ने तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement