कार्यकर्तालाई प्रचण्ड–माधव नेपालको निर्देशनः देश जोगाउन मैदानमा उत्रौं


काठमाण्डु – नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपालले देश जोगाउन मैदानमा उत्रिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार ६ पेज लामो संयुक्त अपील जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अचेत बनाएकाले राष्ट्र जोगाउन मैदानमा उत्रिन निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्री यतिबेला के ठिक र के बेठिक छुट्याउन सकिरहेका छैनन्। प्रतिनिधिसभालाई अचेत बनाएका छन् र न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब एवम् धम्की दिइरहेका छन्,’ अपिलमा भनिएको छ, ‘सर्वोच्च अदालतलाई प्रधानमन्त्री एवम् उनका आसेपासेहरुको दबाब र धम्कीबाट मुक्त हुने वातावरण निर्माण गर्नका लागि पनि सम्पूर्ण चेतनशील नागरिकहरु संघर्षको मैदानमा विरोधको तुमुल ध्वनीका साथ उपस्थित हुनु अनिवार्य भएको छ ।’

  

प्रतिक्रिया दिनुहोस
Advertisement