प्रचण्ड–नेपालको प्रधानमन्त्री बन्ने ‘अफर’ देउवाले स्वीकार्लान् ?

प्रचण्ड–नेपालको प्रधानमन्त्री बन्ने ‘अफर’ देउवाले स्वीकार्लान् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेकै भोलिपल्ट अर्थात् आज प्रचण्ड र नेपालले देउवा निवास बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका हुन् ।

करिब २० मिनेट भएको उनीहरुको भेटमा नयाँ सरकार गठनबारे छलफल भएको छ । छलफलमा प्रचण्ड र नेपालले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेको बुझिएको छ ।

स्रोतकाअनुसार प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए । देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएका छन् ।

तीन नेताहरुबीचको छलफल सकारात्मक भएको र समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

यसअघि प्रचण्ड र माधव नेपाल दुवैले आफुहरु प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल भएको र ठोस समझदारी हुन बाँकी रहेको सभापति देउवाका सहयोगी भानु देउवाले बताए ।