एमालेसँग चुनावी गठबन्धनको सहमति भइसक्योः प्रचण्ड

एमालेसँग चुनावी गठबन्धनको सहमति भइसक्योः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्नेबारे सहमति भइसकेको बताएका छन् ।

भक्तपुरमा शनिबार पार्टीको जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनले एमाले र मसालसँग चुनावी सहकार्यको टुंगो लागिसकेको बताए ।

एजेण्डा र विचार मिल्ने अन्य दलसँग पनि सहकार्यको प्रयास जारी रहेको उनको भनाइ थियो ।

‘एमाले र मसालसँग स्थानीय चुनावमा कार्यगत एकता गर्ने सहमति भइसकेको छ’, उनले भने, ‘मूलभूत रूपमा विचार मिल्ने, मुद्दा मिल्नेहरूसँग र मुख्यतः वामपन्थीहरूसँग चुनावमा सहकार्य गर्नै चाहन्छौं ।’

उनले यसपटकको चुनावमा आफूले नयाँ प्रयोग गर्न चाहेको बताए । फरक प्रसंगमा प्रचण्डले उम्मेदवार चयनको अधिकार सम्बन्धित पालिकालाई नै दिनेसमेत बताए ।

यसअघिको जस्तो माथिबाट तोकेर टीका लगाउने प्रवृत्तिले योपटक निरन्तरता नपाउने उनको भनाइ थियो ।

‘माथिबाट टीका लगाउने पद्धतिले अनुशासन कायम गर्न पनि सकिएन, जित हासिल गर्न पनि गाह्रो भयो’, नेता कार्यकर्तालाई उनले भने, ‘माथिबाट टीका लगाएर टिकट दिनुभन्दा तलबाट पालिकाले नै निर्णय गर्नुस्, कसलाई टिकट दिने, कसलाई जिताउने भनेर तपाईंहरू अहिलेदेखि नै तयारी गर्नुस् ।’