ओलीलाई थप कारबाही गर्ने निर्णयसहितको पत्र बोकेर प्रचण्ड–नेपाल समूहका नेता पुगे बालुवाटार


काठमाण्डु – प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय बोकेर नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयसहितको पत्र बुझाएको जानकारी दिए ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो ।

प्रचण्ड–नेपाल समूहका नेताहरुले ओलीलाई बुझाएको पत्रमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर ? स्पष्टीकरण मागिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement