कांग्रेस सभापति थापा र नेकपा संयोजक प्रचण्डबीच छलफल

कांग्रेस सभापति थापा र नेकपा संयोजक प्रचण्डबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

उनीहरूबीच शुक्रबार बिहान ललितपुरको मानभवनस्थित शारदा अधिकारीको घरमा भेट भएको हो ।

प्रदेशहरुमा नयाँ सत्ता समीकरण फेरबदल हुने चर्चा चलिरहेका बेला सभापति थापा र संयोजक दाहालबीच भेटवार्ता भएको हो । स्रोतका अनुसार सम्भावित सत्ता समीकरणबारे दुई नेताबीच सामान्य कुराकानी भएको छ ।

प्रदेश सरकारका लागि अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले संवाद अगाडि बढाएका छन् भने नेकपा निर्णायक बनेको छ ।

यसअघि संयोजक दाहालले सोमबार पार्टीका सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका थिए । छलफलमा एमाले र कांग्रेस दुवैसँग संवाद अगाडि बढाउन उनीहरु सहमत भएका थिए ।