काठमाण्डु – गत वर्ष भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन घटनाको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय जेनजी नागरिक अभियानले आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राख्दै बुधबार माइतीघरमा विरोध प्रदर्शन गरेको हो।
उनीहरूले जनताको अधिकार भन्दा ठूलो कुनै सत्ता र शक्ति हुँदैन, मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर, मानवअधिकार आयोग डरयो, जेनजी प्रतिवेदन कता हरायो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अभियानका सह–संयोजक अजय सोडारीले १० महिना हुँदा पनि आयोगको प्रतिवेदन सार्वजनिक नभएका कारण विरोध गर्नु परेको बताए ।







प्रतिक्रिया