मधेशी जनताको एकता तोड्न खोजिदैछ : प्रदीप यादव


काठमाण्डु- जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले मधेशमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले मधेशमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरुबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो । मधेश आन्देलनमा दुबै समुदाय मिलेर सँगसँगै रगत बगाएका छन् । तर धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताको एकतालाई तोड्ने काम तिब्र गतिमा भइरहेको छ । यसले मुलुकलाई फाइदा गर्दैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement