काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले नेत्रविक्रम चन्द विप्लवका असहमति जायज रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीले लोकतन्त्रमा असहमति शान्तिपूर्ण दायराभित्र रहेको बताएका हुन् ।
‘जे-जति असहमति छन्, ती शान्तिपूर्ण दायराभित्रै छन्, लोकतन्त्रमा यो स्वाभाविकै हो । यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने सबै धन्यवादका पात्र हुनुहुन्छ’, उनले भनेका छन् ।
मन्त्री ज्ञवालीले सिके राउत र विप्लवलाई शान्तिपूर्ण राजनीतिक क्रियाकलापमा सहभागी गराउन सक्नु सरकारको ठूलो उपलब्धी भएको बताएका छन् ।
‘सिके राउत र विप्लवले हिंसात्मक बाटो छाडेर आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु समकालीन नेपाली राजनीतिका महत्वपूर्ण उपलब्धि हुन्’, उनले भनेका छन् ।
मन्त्री ज्ञवालीले यससँगै नेपाली राजनीतिका सबै पक्ष राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आबद्ध भएको बताए ।




प्रतिक्रिया