एमाले नेता ज्ञवालीको प्लेटलेट घटेर ४० हजारमा झरेपछि अस्पताल भर्ना

एमाले नेता ज्ञवालीको प्लेटलेट घटेर ४० हजारमा झरेपछि अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई डेंगी संक्रमण भएको छ ।

संक्रमणसँगै स्वास्थ्य गम्भीर भएपछि उनलाई नयाँबानेश्वरस्थित एभरेस्ट अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनको प्लेटलेटको मात्रा घटेर ४० हजार ‘प्रतिमाइक्रोलिटर’ मा झरेको छ ।

स्वस्थ वयस्क मानिसको रगतमा सामान्यतया १ लाख ५० हजारदेखि ४ लाख ५० हजार प्रतिमाइक्रोलिटर प्लेटलेट हुनुपर्छ ।

प्लेटलेटको मात्रा अत्याधिक घटेपछि चिकित्सकको निगरानीमा ज्ञवालीको उपचार भइरहेको छ ।