प्रधानमन्त्रीको चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री ज्ञवाली चीन जांदै


काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीनको भ्रमणमा जाने भएका छन् । गत साता प्रधानमन्त्रीसहित भारत भ्रमण सकेर स्वेदश फर्केका परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणको टुंगो लागिसकेको छ ।

परराष्ट्रमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री ज्ञवाली अप्रिल १६ मा चीन जाने तय भएको छ । चिनियां विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जान लागेका परराष्ट्रमन्त्रीले चीनमा रहदा उच्चस्तरीय वैठक गर्नुका साथै नेपालमा चिनिया लगानी मा संचालित परियोजनामा भइरहेको प्रगतीबारे समेत छलफल गर्नेछन् । ज्ञवालीले चिनिया प्रधानमन्त्री लि कछयाङसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसंगको भेटवार्ताको तयारी समेत भइसकेको छ ।

ज्ञवालीको चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे समेत छलफल हुने उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीलाई उनका चिनियां समकक्षी ली ले चीन भ्रमणको निम्तो यसअघि नै पठाइसकेका छन् ।

एमाले नेता समेत रहेका ज्ञवालीले चीनको सिचुवान प्रान्तमा चिनिया कम्युनिष्ट पार्टीका प्रान्तीय नेता र उच्च सरकारी अधिकारीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement