प्रदेश २ सरकारको नीति तथा कार्यक्रमः चुरे संरक्षणलाई विशेष प्राथमिकता (पूर्णपाठसहित)


काठमाण्डु – प्रदेश २ सरकारले चुरे संरक्षणलाई विशेष प्राथमिकतामा राखेर आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश २ प्रमुख राजेश झा अहिराजले आगामी आर्थिक वर्ष २०७८/०७९का लागि नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम कार्यक्रममा स्वस्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई पनि प्राथमिकता दिइएको छ ।जनकपुरस्थित मणिपाल अस्पताको निर्माणधीन अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने नीति प्रदेश सरकारले लिएको छ । त्यस्तै यसका अतिरिक्त नीति तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ ।

संघीय सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गरी निर्यात गरेर व्यवसाय गर्ने खाले बजेटमा नै प्रस्तुत गरेपछि प्रदेश नम्बर २ को सरकारले नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिएको छ । प्रदेश गौरवको योजनाको रुपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षमा पठनपाठन सुरु गरी प्रादेशिक अस्पताललाई ५ सय बेड क्षमतामा विस्तार गर्ने योजना सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement