काठमाण्डु – सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख राजेश झा अहिराजलाई हटाएर उनको ठाउँमा हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् । अहिराजलाई केपी ओली सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् । उनी एकपटक सांसद समेत भइसकेका छन् । २०३६ साल जेठमा रौतहटको संग्रामपुरका जन्मिएका राजेश मधेश मामिलाका जानकार पनि हुन् ।
प्रतिक्रिया