प्रदेश सरकारले दिएकाे विदा नमानेपछि प्रदेशमन्त्री बैंककाे गेट अगाडी धर्ना बसे


काठमाडाै– प्रदेश सरकारले दिएकाे सार्वजनिक बिदा अवज्ञा गरेकाे भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव धर्ना बसेका छन् । मन्त्री सहितकाे टाेली कार्यालयकाे मुल गेटमा धर्ना बसेका छन् ।

प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरे पनि जनकपुरमा रहेको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालत लगायतका सरकारी कार्यालयले भने त्यसको अवज्ञा गर्दै कार्यालय खोलेका छन्।

जनकपुरस्थित नेपाल राष्ट्र बैंकका कार्यालय बिदाको दिन खुल्ला रहेकाले त्यसलाई बन्द गराउन पुगेका मधेशवादी पार्टीका युवालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा सरकारी कार्यालयले अटेर गरे पछि खुलेका कार्यालयहरु बन्द गराउन हिँडेका २० जना विद्यार्थीहरुलाई प्रहरीले पक्र‍ाउ गरेको छ। मन्त्री यादवले भने सबै संघीय सरकार माताहातका कार्यालयहरुले पनि विदा मान्नु पर्ने र बन्द गराउँदै हिंड्द पक्राउ परेका २० जनालाई रिहा गर्नु पर्ने माग गरेका छन्।

यसअघि रक्षा बन्धनको अवसरमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको अवज्ञा गरको नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयको मुल गेटमा मन्त्री यादवले तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement