अर्थ राजनीति

प्रदेश नं २ लाई लगानीमैत्री प्रदेशका रूपमा विकास गरिने

जनकपुरधाम- प्रदेश नं २ लाई लगानीमैत्री प्रदेशका रूपमा विकास गरी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीतिनिर्माणको गृहकार्य भइरहेको छ ।

लगानी बोर्डद्वारा आज आयोजित प्रदेशमा ‘लगानीका सभाव्य क्षेत्र’ विषयको अन्तरक्रियामा प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश नं २ मा उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, कृषि, रेल्वेलगायत क्षेत्र वैदेशिक लगानीकर्ताका लागि आकर्षणको केन्द्र हुन सक्ने बताए ।

संघीय, प्रदेश र स्थानीय सरकारबीचको कानूनी जटिलताको प्रष्टता र ऐनकानूनको निर्माणको आवश्यकतामा जोड दिँदै उनीहरूले प्रदेशमा साधनस्रोत र अवसर पर्याप्त रहेकाले संघीय सरकारल द्विविधाजनक मानसिकता त्याग्नु जरूरी भएको बताए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले वैकल्पिक ऊर्जा, सिँचाइ, फोहरमैला व्यवस्थापन र कृषिको आधुनिकीकरण गर्ने विषय पनि लगानीकर्ताका लागि आकर्षणका क्षेत्र हुन सक्ने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशलाई लगानीमैत्री बनाउने कानून निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । भूमि व्यवस्था सहकारीमन्त्री शैलेन्द्र साहले उर्वर भूमि, भौगोलिक सुगमता र अन्तर्राष्ट्रिय व्यापारका हिसाबले प्रदेश महत्वपूर्ण रहेको जानकारी गराए ।

प्रदेश मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशलाई लगानीमैत्री बनाउने नीतिअनुरूप सरकारले प्रदेश लगानी बोर्ड स्थापना गर्ने अवधारणा लिएको बताए । बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले प्रदेश नंं २ मा वीरगञ्ज–काठमाडौंँ रोपवे सेवा, पूर्वपश्चिम रेल सेवा, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि मल कारखाना सम्भाव्य लगानी क्षेत्रमा रहेको जानकारी दिए ।

Comments

comments

ad

धेरै पढिएको समाचार

NIC Asia Bank
NMB Bank
Shivam Cement
Yeti Airlines
KBC
Salt Trading

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top