काठमाण्डु– ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ ।
आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात र निकासा सम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार सरकारले विपद् व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
यस्तै उनले बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् । अझै पनि ३ हजार ९१६ जना सम्पर्कविहीन र घाइते भएका २९२ जनामध्ये १८२ जना ‘डिस्चार्ज’ भएका पनि बताए ।




प्रतिक्रिया