प्रधानन्यायाधीस पराजुलीकाे बर्खास्त अाधारमै त्रुटी, कार्यकाल अझै २ बर्ष बाँकी


काठमाडौं – परीक्षा नियन्त्रण कार्यालयको पत्रलाई आधार मान्दै न्याय परिषद सचिवालयले प्रधानन्यायधीस गोपाल प्रसाद पराजुलीलाई बर्खास्त गरेको आधारमा त्रुटी देखिएको छ । पत्रमा पराजुलीको उमेर ६५ वर्ष नाघेको भनिएपनि पराजुलीकाे उमेर जम्मा ६३ बर्ष मात्रै देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले पराजुलीको जन्ममिति २०११। ०१। १३ गते लाई मानेको छ । यस अनुसार आजको मिति २०७४। ११। ३० मा उनको उमेर ६३ वर्ष मात्रै पुगेको छ भने अझै उनको कार्याकाल अझै २ बर्ष बाँकी देखिन्छ । न्याय परिषदमा भएका कागजातमा पराजुलीको उमेर २१ साउन २००९ र १६ वैशाख २०१० थियाे । अब परीक्षा नियन्त्रण कार्यालयले दिएकाे पत्र अनुसार पराजुलीकाे उमेरमा १ वर्ष फरक देखिएकाे छ ।

न्यायपरिषद सचिवालयको अध्यक्ष स्वयम प्रधानन्यायाधीस हुने गर्छन् । उनकाे अनुपस्थितिमा गरिएकाे निर्णय अमान्य हुने पनि संविधानविद्हरूले तर्क गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement