नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि दरखास्त आह्वान (सूचना)

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि दरखास्त आह्वान (सूचना)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि दरखास्त आह्वान भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचना निकाल्दै प्राधिकरणको महानिर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने छन् ।

यस्तै वायुसेवा निगमले तत्कालका लागि रिक्त ३ जना र आगामी ६ महिनाभित्र रिक्त हुने थप १ जना गरी जम्मा ४ जना सञ्चालक सदस्य नियुक्त गर्न दरखास्त आह्वान गरेकाे छ ।

आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजात, छनोट विधि, पारिश्रमिक तथा सुविधालगायतको विवरण मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध रहेकाे सूचनामा भनिएकाे छ ।