विद्युत प्राधिकरणले कमायो ७ अर्ब बढी नाफा


काठमाडौं – विद्युत् चुहावटमा कमी ल्याउँदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दे अघि बढेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५–७६ मा ७ अर्ब बढी नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा साढे २ अर्ब नाफा कमाएको प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गदैं जानकारी दिएका हुन् ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । प्राधिकरणले साँवा, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमी ल्याएको छ ।

अघिल्लो बर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ । प्राधिकरणले गत आर्थिक बर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाको विद्युत् निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement