काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव आईतबार स्पेन प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन मन्त्री यादव स्पेन प्रस्थान गरेका मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम असार १७ गतेदेखि १९ गतेसम्म सञ्चान हुनेछ । कार्यक्रममा भागलीनका लागि मन्त्री यादवसहित मन्त्रालयका सचिव इन्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गरेका मन्त्रालयले जनाएको छ ।
विकासका लागि वित्त सम्बन्धी सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् ।
नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरीब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुने जनाइएको छ ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४)’का लागि राष्ट्रंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भ्रमणमा गइसकेका छन् ।
प्रतिक्रिया