कांग्रेसलाई अल्मल्याउने काम भइरहेको छ, नेता–कार्यकर्ता सचेत हुनुपर्छ : महामन्त्री पौडेल

कांग्रेसलाई अल्मल्याउने काम भइरहेको छ, नेता–कार्यकर्ता सचेत हुनुपर्छ : महामन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् ।

कांग्रेसको काठमाण्डु महानगरपालिका–२६ वडा कार्यसमितिले शनिबार आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा उनले पार्टीले असोज १६–१९ गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने तयारी गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताए ।

उनले भने, ‘कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे निर्णय गर्छ ।’

पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अल्मल्याउने काम भइरहेको भन्दै उनले यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताए ।

महामन्त्री पौडेलले कांग्रेस डिजिटल माध्यममार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको बताउँदै अब क्रियाशील सदस्यबाटै स्थानीय तहको उम्मेवार छान्ने व्यवस्था गरिने बताए । कांग्रेस काठमाण्डुका सभापति सबुज कृष्ण बानियाँले कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै बलियो बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।