विदेशबाट २५ हजार नेपाली ल्याउने सरकारको तयारी


काठमाडौं – सरकारले विदेशबाट २५ हजार नेपाली स्वदेश ल्याउने भएको छ । आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पहिलो चरणमा २५ हजार नेपालीलाई फर्काउन लागेको जानकारी दिएका हुन् ।

‘अहिले सबै आउन चाहेकालाई फर्काउन संभव छैन । हामीले नेपालीहरु भएका देशका सरकारसँग विभिन्न तरिकाले कुराकानी गरिरहेका छौं’ मन्त्री ज्ञवालीले भने, ‘अहिले जोखिममा परेका, टिकट लिएर आउन नपाएका, विभिन्न आरोप लागेर आम माफी पाएकाहरुलाई पहिलो चरणमा ल्याउन लागिएको हो ।’

उनले विदेशमा रहेकाहरुलाई रोजगारीमा निरन्तरता दिनका लागि सम्बन्धित देशहरुसँग कुराकानी भएको जानकारी दिए । विदेशमा रहेका नेपालीलाई चासो नगरेको भन्दे सरकारको आलोचना हुँदै आएको थियो । अन्य देशहरुले नेपालमा रहेका आफ्ना नागरिकलाई धमाधम स्वदेश फर्काइरहेका बेला नेपाल सरकारले भने आफ्ना नागरिकलाई हेला गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement