नेपाली भूमिको रक्षा गर्न सरकार सक्षम छः पराष्ट्रमन्त्री ज्ञवाली


गुल्मी – पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताएका छन् । नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम रहेको उनले स्पष्ट पारे ।

पाल्पाको धुवल पुस्तकालयले शनिबार आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिक रूपमा विवादित सीमा समस्या सुल्झाउने बताए ।

नेपाली भूमि एक इन्च पनि छाड्न नसकिने भन्दै मन्त्री ज्ञवालीले नेपालको पूर्वमा मेची र पश्चिममा महाकाली नदी नेपालको सिमाना रहेको सुगौली सन्धिमा निर्दिष्ट भएको उल्लेख गरे ।

नेपालीमा फूलको मालाजस्तो राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उनले देशको राष्ट्रिय एकता चुँडाउन खोज्ने जो कोही देशद्रोही भएको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘फूलको मालाका धागा काट्ने र फूल चुँडाउने प्रयास भइरहेको छ । त्यस्ता देशद्रोही प्रयास निस्तेज गर्न वर्तमान सरकार सक्षम छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement